FAQs Complain Problems

संविधान विशेष कार्यक्रम सम्पन्न

आज मिति२०७६।०६।०३का दिन गन्यापधुरा गाउँपालिका को आयोजनामा संविधान विशेष प्रभात फेरी/य्रालि का साथै विविध कार्यक्रम र अन्तर मा.वि. स्तरिय हाजिरि जवाफ कार्यक्रम सम्पन्नन गरियो । जसमा गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रह्यो‚ कार्यक्रममा सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष श्री नबल मल्ल‚ उपाध्यक्षा श्री कमलादेवि ठगुन्ना‚ सबै वडाका वडाध्यक्ष तथा प्रतिनिधिहरु‚ गाउँपालिकाका कानुनी सल्लाहकार रोहित देउवा लगायत ७ वटै विद्यालयका ४/४ जना प्रतियोगी सहभागी‚ संरक्षक शिक्षाक गणेश मा. वि. बडाका सबै शिक्षक‚विद्यार्थी‚ गन्यापधुरा गाउँपालिका स्थित सबै कार्यालयका कर्मचारीहरुको उपस्थितिमा गाउँ पालिकाका सामाजिक विकास संयोजक तथा वडा नं.३ का वडाध्यक्ष श्री चक्र बहादुर देउवाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

हाजिरिजवाफ कार्यक्रम तर्फ गणेश मा.वि. बडाल १७ अंक ल्याई प्रथम‚ सृजना बोर्डिङ स्कुल सकायल ९ अंकका साथ द्वतिय‚ जनता मा.वि. सकायल ६ अंकका साथ तृतिय का साथै भूवनेश्वरी मा.वि जैसेरा र असिग्राम मा.वि. रुवाखोला ५/५ अंकका साथ सान्त्वना स्थान हासिल गर्नमा सफल भएका थिए । गाउँपालिकाका विभिन्न व्यक्तित्वहरुको सहयोगमा प्रतियोगी विद्यालयहरुलाइ प्रशंसा-पत्र‚ प्रमाण-पत्र‚ नगदका साथै जिन्सी/स्टेश्नरी पुरस्कार वितरण गरियो । यसै बिच कानुनी सल्लाहकार तथा अधिवक्ता रोहित देउवाले कानुनी प्रस्ताव पत्र प्रस्तुत गर्नु भयो ।

आर्थिक वर्ष: