सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेको साविक असिग्राम गा.वि.स., गणेशपुर गा.वि.स., मष्टामाण्डौ गा.वि.स. र कैलपालमाण्डौ सम्मिलित गरी जम्मा ४ वटा गा.वि.स. २९ डिग्री २१ मिनेट उत्तरी आक्षांश देखि २० डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ६५ मिनेट पुर्वि देशान्तर देखि ८० डिग्री ७८ मिनेट पुर्वि देशान्तरमा अबस्थित गन्यापधुरा गाउँपालिका बनेको छ । यस गन्यापधुरा गाउँपालिकाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार १३७२२ रहेको छ जसमा पुरुष ६०६४ र महिला ७६५८ रहेको छ । यसको क्षेत्रफल १३५.६५ वर्ग कि.मि. रहेको छ। साविक असिग्राम गा.वि.स.का १ देखि ९ वडा, साविक गणेशपुर गा.वि.स. का १ देखि ९ वडा, साविक मष्टामाण्डौ गा.वि.स का १ देखि ९ वडा र कैलपालमाण्डौ गा.वि.स. का १ देखि ९ वडा गरी जम्मा ४ वटा गा.वि.स. को जनसङ्ख्या , भौगलिक अबस्था समाहित गरी ५ वटा वडा मा विभाजन गरी गाउँपालीकाको स्थापना भएको हो ।